कला-साहित्य

वरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गरिने

simarekha

धनगढी । नेपालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेका वरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ ।

साहित्यकार, संघ संस्थाका प्रतिनिधि र नागरिक समाजको संयुक्त भेलाले वरिष्ठ साहित्यकार चन्दको अभिनन्दनका लागि समाजसेवी माया प्रकाश भट्टको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

समितिको सचिवमा कञ्चनपुरका साहित्यकार हेमबाबु लेखक चयन भएका छन् । धनगढीस्थित जन पुस्तकालयको सभाकक्षमा सम्पन्न भेलाले ५०१ सदस्सीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको सचिव लेखकले जानकारी दिएका छन् ।

छलफलमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशी, साहित्यकार रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, पदमराज जोशी, सीबी चन्द, गणेश नेपाली, मनिराज जोशी, माया प्रकाश भट्ट, हेमबाबु लेखक, तीर्थराज पाण्डेय, गणेशराज जोशी, चक्रबहादुर सिंह, जगत बाशिष्ठ, नारा जोशी, मदनराज पाण्डेय, कैलास दाहाल र गुणाकर पनेरू लगायतको उपस्थिति रहेको थियो ।

लेखकले मूर्धन्य साहित्यकार चन्दको ८५ औ जन्मोत्सवको अवसर पारी आगामी फागुन पहिलो साता धनगढीमा रथारोहणसहित नागरिक अभिनन्दन गरिने बताए ।

नेपाली भाषा साहित्यको सम्र्बद्धन र विकासमा चन्दले पु-याएको विशिष्ट योगदानका लागि चन्दको नागरिक अभिनन्दन गरिन लागेको बताइएको छ । भेलाले सीबी चन्दको संयोजकत्वमा आर्थिक संकलन समिति समेत गठन गरेको छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार