राजनीति

एमाले कृष्णपुरको कार्यबाहक अध्यक्षको जिम्मेवारी ललित साउदलाई

simarekha

महेन्द्रनगर । नेकपा (एमाले) कृष्णपुर नगर कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी ललित साउदले पाएका छन् ।

नगर कमिटीका अध्यक्ष गणेश सिंह ऐरी प्रदेश कमिटी सदस्य चयन भएपछि विधानत उपाध्यक्ष लाल बहादुर शाहीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाए पनि बैठकमा उपस्थित नभएपछि नगर कमिटीको पुर्ण बैठकबाट नगर कमिटी सचिव रहेका ललित साउदलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन ।

हरियाली सामुदायिक वन, गुलरियाको सभाहमा बिहीवार बसेको वैठकले साउदलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

बैठकले नगर कमिटीका सदस्य महेन्द्र रोकायालाई कार्यवाहक सचिवको जिम्मेवारी समेत दिएको छ ।

बिहिबार नगर कमिटी सचिव ललित साउदको अध्यक्षतामा बसेको नगर कमिटीको पुर्ण बैठक पार्टी केन्द्रिय सल्लाहकार परिषदका सचिवालय सदस्य गोविन्द प्रसाद कलौनी प्रमुख अतिथि रहेका थिए ।

बैठकमा प्रदेश कमिटी उपसचिव नर बहादुर बि.क, प्रदेश कमिटी सदस्य मोहन सिंह रावल र गणेश सिंह ऐरी, कार्यवाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा, जिल्ला उपसचिव कर्ण बहादुर चन्द, जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार