राजनीति

एमाले बझाङले तोक्यो अधिवेशन मिति, झोतालाई झकिझकाउ पारिने

simarekha

बझाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेकाे आठौ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको एमाले पोलिटब्युरो सदस्य एवं बझाङ जिल्ला इन्चार्ज राजेन्द्र सिंह रावलले जानकारी दिए ।

जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिती तोकिएको हो । आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने नेताहरूले बताए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार