समाचार

गड्डाचौकीका डिएसपी आचार्यलाई उत्कृष्ट गुल्मपति अवार्ड

simarekha

कञ्चनपुर । प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्य पुरस्कृत भएका छन्।

मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी आचार्यलाई उत्कृष्ट गुल्मपति अवार्ड प्रदान गरेको हो।

सुदूरपश्चिम प्रदेशभर सीमा क्षेत्रमा रहेका ५८ सशस्त्र प्रहरीका युनिट (प्रस्तावित गुल्म, बिओपी र बेस)मध्ये प्रस्तावित गुल्म गड्डाचौकी प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादनमा छनाेट भएको थियो।

उत्कृष्ट कार्य सम्पादन गरेकोमा गुल्मका इन्चार्ज डिएसपी आचार्य सम्मानित भएका हुन्। आचार्यलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए।

डिएसपी आचार्यले आफ्नो नेतृत्वमा सीमामा हुने चोरी तस्करी अपराध नियन्त्रण एवं राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार