राजनीति

माओवादी भित्र रोचक खेल : संसदीय दलको नेताबाट निकालिए खगराज 

simarekha

धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेका छन् ।

बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामी (सन्तोष) लाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बैठक बसेको थियो । 

असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न केहीँ साता अघि पार्टी केन्द्रलाई आग्रह गरेका थिए । तर सुनुवाइ त्यसको सुनुवाई नभएको भन्दै असन्तुष्टि चुलिएको थियो ।

उपनेता रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने बताए । आजको बैठकमा ६ जना प्रदेशसभा सदस्यको उपस्थित थियो । 

दल नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर भने अनुपस्थित थिए । 

दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको उपनेता रावलले जानकारी दिए ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार